बुटवल। लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयन माघ ३ गते हुने भएको छ । प्रदेशसभा सचिवालयले माघ ३ गते बस्ने प्रदेशसभाको बैठकबाट सभामुख र उपसभामुख चयन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हाे ।
नेपालको संविधानको धारा १८२ को उपधारा (१) र लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेशसभाको सभामुख र उपसभामुख चयनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
सभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले माघ ३ गते दिउँसो १ बजे बस्ने पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुख चयन गर्ने गरी निर्वाचनको मिति र समय निर्धारण गरेको जनाएका छन्।