तानसेन। पाल्पको बगनासकाली गाउँपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ। पालिकाले शुक्रबारदेखि हरेक वडामा एकीकृत शिविर संचालन गर्ने भएको हो ।
पालिकाले निकालेको सूचनाअनुसार माघ १३ गते शुक्रबार वडा नंं २ को पोखराथोक वडा कार्यालयमा शिविर सञ्चालन हुने छ । यस्तै १४ गते शनिबार वडा नंं ३ नायरनम्तलेस र ४ खानीछाप वडा कार्यालय, १५ गते वडा नं. ५ दर्लमडाँडा, माघ १६ र १७ गते वडा नं. ६ यम्घा, र गुंगामा शिविर संचालन हुने पालिकले जनाएको छ।
यस्तै माघ १८ गत वडा नं. ७ खानिगाउँ, २० गते वडा नं. ९ चापपानी, २२ गते वडा नं. ८ बराङ्गदी तथा २३ वडा नंं १ चिर्तुङ्गधारामा शिविर सञ्चालन हुने भएको हो ।
शिविरमा सामाजिक सुरक्षा भत्ता वितरण, स्वास्थ्य परीक्षण,औषधि वितरण, स्वास्थ्य शिक्षा, आयूर्वेद स्वास्थ्य जाँच,औषधि वितरण ,स्वास्थ्य जीवनशैली शिक्षा बारे सेवा दिइएने गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताइन् ।
पालिकाका भित्रका नागरिकलाई दिइने सेवालाई सहज र प्रभावकारी बनाउन वडागत रुपमा एकीकृत घुम्ती शिविर संचालन गर्न लागिएको हुँदा कृषि, पशुसेवा, व्यवसाय दर्ता तथा नविकरण, तथा विभिन्न परिचय पत्र वितरण पनि शिविरबाट गरिने अध्यक्ष निदीले बताइन् ।
शिविरमा पालिकाले प्रदान गर्ने सेवाका विषयमा गुनासो तथा सुझाव संकलन गरिने प्रमुख प्रशासकीय विष्ण घर्तीले बताए ।
बगनासकालीमा स्थानीय तहको निर्वाच पश्चार यसरी नै हरेक वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरेर नागरिकलाई सेवा लिन सहजना गराइएको गाउँपालिकाले जनाएको छ ।