काठमाडौ।कास्कीको लेखनाथबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बस पोखरा महानगरपालिका-२७ स्थित प्रहरी चौकी नजिकै दुर्घटनामा परेको छ ।

लेखनाथबाट यात्रु बोकेको ग १ ख ६७४७ नम्बरको यात्रुवाहक बस डाडाको नाक चौकी नजिक सडक बाट करिब २५ मिटर तल खोलामा खसेको हो ।

बस दुर्घटनामा परी  ४९ जना  घाइते  भएका छन । घाइतेहरुको पोखरास्थित गण्डकी अस्पताल , जीएमसी र मेट्रो सिटी अस्पतालमा  उपचार भैरहेको जिल्ला  प्रहरी कास्कीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका यात्रुहरुको अबस्था खतरा मुक्त रहेको छ ।

तपाईको प्रतिक्रिया