अनेरास्ववियु (क्रान्तिकारी)बाट निर्वाचित विद्यार्थीलाई सम्मान

तानसेन । नेकपा माओवादी केन्द्र पाल्पाले स्ववियुमा निर्वाचित विद्यार्थीलाई सम्मान गरेको छ। बिहीबार तानसेनमा एक कार्यक्रमका बीच हालै सम्पन्न त्रिभुवन बहुमुखी क्याम्पस,तानसेन र सहिद बहुमुखी क्याम्पस रामपुरमा निर्वाचित सदस्यहरुलाई सम्मान गरिएको माओवादी केन्द्र पाल्पाले जनाएको छ।

सम्मानित हुनेमा त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा सहमतिय प्रक्रियाबाट अनेरास्ववियू (क्रान्तिकारी)को तर्फबाट प्रतिनिधित्व गर्दै निर्वाचित भएका सचिव ताराबहादुर रायमाझीसहित सदस्यहरु भिम बहादुर लुंगेली, बिज्ञान दुधराज, मिलन सारु मगर,श्रीष्टि रास्कोटी मगर र सुजिता राना मगरलाई प्रमाणपत्र फूलमालाले सम्मान गरिएको हो ।

यस्तै सहिद बहुमुखी क्याम्पस रामपुर, पाल्पामा कोषाध्यक्ष पदमा निर्वाचित तिलक सारुसहित सदस्यहरु कविता राना र ममता सुनारीलाई पनि सम्मान गरिएको सो पार्टीले जनाएको छ । यस्तै निर्वाचन प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सदस्य पदम सोमैलाई पनि सम्मान गरिएको छ ।

सम्मान कार्यक्रममा संविधानसभा सदस्य लीला सोमै, पार्टी जिल्ला संयोजक राजेन्द्र विश्वकर्मा, सचिव मथुरा ढकाललगायतले विद्यार्थी राजनीतिले सामाजिक रुपान्तरणमा महत्पूर्ण भूमिका रहने हुँदा असल र भविष्यमा कुशल नेतृत्व गर्ने क्षमता विकासमा जोड दिन लागि निर्वाचित विद्यार्थीहरुलाई शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer