सूर्योदय वोमीले दियो तरकारी खेती सम्बन्धी तालिम

पाल्पा। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न स्थानका महिलाका लागि बेमौसमी तरकारी खेती सम्बन्धी तालिम दिएको छ । उक्त कार्यालयको क्षेत्रीय कार्यालय सुनवल अन्तर्गत अनुगमन स्टेशन कार्यालय गौंडाकोट, गुल्मी अन्तर्गतका शाखा कार्यालयहरु छहरा, हार्थोक, रिडी, मजुवा, शान्तिपुर, वामिटक्सार, हटिया, बुर्तिवाङ, तम्घास, गौडाकोट, खज्याङ र बलेटक्सार गरी १२ वटा शाखाका समूहमा आवद्ध महिलाका लागि एक दिने तालिम दिएको संस्थाले जनाएको छ ।

बेमौसमी लहरेबाली तरकारी खेती सम्बन्धी तालिम सम्बन्धित शाखाहरुको आयोजना र अनुगमन कार्यालयको सहभागितामा सम्पन्न भएको हो । समूहमा आवद्ध नै सय ५० जना महिला सदस्यलाई स्थलगत रुपमा कार्यस्थलमै टनेल व्यवस्थापनका र ऋन्य विषयमा विज्ञ प्रशिक्षकद्धारा तालिम दिइएको बताइएको छ ।

तालिममा प्रशिक्षक गोबिन्द प्रसाद शर्मा, अनुगमन अधिकृत राजकुमार के.सीले सहजजिकरण गरेका थिए । आधुनिक प्रविधिको तरकारी खेतीले ग्राहक सदस्यको जीवनस्तरमा सुधार ल्याउने आर्थिक बृद्धिदर बढाउने, तरकारीमा रोग किरा लागे किसान आफैले त्यसको व्यवस्थापन गर्ने, बीउ उत्पादन मौसमी तथा बेमौसमी तरकारी खेतीका लागि सहभागीहरुको सिप, क्षमता र दक्षता बढाउने बारे सहभागिलाई सिकाइएको थियो ।

कृषि पेशामा संलग्न उपस्थित सदस्यहरुको लागि महत्वपुर्ण ज्ञान सिप आर्जन वृद्धि गरी व्यवसाय गर्दा व्यवहारिक बनाउने पनि प्रशिक्षकले सहभागीलाई बताएका थिए । साथै सदस्यहरुलाई लक्षित गर्दै लहरे बाली जस्तै हाईब्रेड लौका, करेला, बोडी, काक्रो, घिरौला र टमाटर आदिको टनेल कसरी बनाउने, यस सम्बन्धिको प्रशिक्षण, नर्सरीमा आवस्यक माटो तयारी, बिउ रोप्ने तरिका, आईलाग्ने रोग तथा संक्रमणमा आउने किरा लगायतका विभिन्न उपायहरुको बारेमा तरकारी खेती सम्बन्धी तालिम र सहजिकरण गरिएको हो ।

कार्यक्रमको करिब १ महिनापछि उपस्थित भएका सबैलाइ निजहरुले सिकेर तयार पारेका (उम्रिएका) तरकारीहरूको बोटहरु वितरण पनि गरिएको उक्त संस्थाले जनाएको छ ।

 

तरकारी खेती सम्बन्धी तालिम दिएर सदस्यहरुलाई आत्मनिर्भर बनाउने तालिमले टेवा पुग्ने अपेक्षा गरिएको क्षेत्रीय कार्यालय सुनवलका क्षेत्रीय प्रबन्धक भरत काफ्लेले बताए ।

 

 

 

सोही अवसरमा वित्तीय साक्षरता सम्बन्धी जानकारी पनि किसानलाई प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया