भर्ना अभियान सुरू

पाल्पा । माथागढी-३ स्थित दिव्य ज्याेति नमूना माध्यमिक विद्यालयले भर्ना अभियान तथा घरदैलाे कार्यक्रम सुरू गरेकाे छ ।

साेमबार विद्यालयका पहिचानसहित -याली गरेर विद्यालयले भर्ना अभियान थालेकाे हाे । वार्षिक नतिजा प्रकाशन सकिएपछि विद्लायले शैक्षिक सत्र २०८० का लागि भर्ना अभियान थालेकाे हाे ।

भर्ना अभियान अन्तर्गत भएकाे -यालीमा माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, वडा अध्यक्ष तेजबहादुर घर्तीमगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखीराम राना, प्रधानाध्यापक लाेकेन्द्र थापा, विव्यसका पूर्व अध्यक्षहरू, विव्यस सदस्य, अभिभावक समितिका पदाधिकारीहरूकाे सहभागिता रहेकाे थियाे ।

साे अवसरमा गाउँपालिका अध्यक्ष चिदीले नयाँ भर्ना भएका विद्यार्थीलाई कापी कलम दिएर विद्यालयमा स्वागत गरे  अध्यक्ष चिदीले पछिल्लाे समय विद्यालयले उत्कृष्ट शैक्षिक क्रियाकलापहरू गर्दै आएकाे भन्दै प्रशंसा गरे। उनले भर्ना अभियानले सबै तह र तप्काका बालबालिका विद्यालयभित्र ल्याउन सहयाेग गर्ने उल्लेख गरे।

भर्ना अभियान अन्तर्गतकाे -यालीमा विद्यालयकाे पन्चेबाजा समूह, व्याण्ड बाजा समूह, स्काउट, जुरेस, इकाे क्लब, किशाेरी क्लब, तेवाण्दाे दाेजाङ् समूहका विद्यार्थीहरू, अभिभावक एवं शिक्षककाे सहभागिता रहेकाे थियाे ।

भर्ना अभियान अन्तर्गत सेवा क्षेत्रमा घरदैलाे अभियान समेत सुरू गरिएकाे विद्यालयका प्रधानाध्याक लाेकेन्द्र थापाले जानकारी दिए । उनले विद्यालयमा कक्षा पिजी (प्ले ग्रुप)देखि कक्षा ९ सम्ममा अङ्ग्रेजी र नेपाली दुबै माध्यममा पठनपाठन हुने जानकारी दिए।

विद्यालयले यही वर्षदेखि स्कुल बस समेत संचालन गरेकाे जनाएकाे छ । विद्यालयमा हाल एक हजार बालबालिका अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया