यी हुन् बस दुर्घटनामा घाइते हुने ३८ यात्रुहरु [नामावलीसहित]

पाल्पामा आइतवार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

देवदह ३ रुपन्देहीकी ४० वर्षीया राधिका पौडेलको मृत्यु दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर ३८ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जना सिरियस छन् । घाइतेमध्ये केही बालबालिका पनि छन् ।

बुटवलबाट बागलुङको बुर्तिबाङका लागि छुटेको लु १ ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्ग अन्तरतगत जोरधारामा दुर्घटना भएको थियो ।
हाल दुर्घटनामा घाइतेहरुको उद्धार गरी तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा ल्याएर उपचार गरिएको छ । बस सडकदेखि करिब ८० मिटर तल भीरमा खसेर अड्किएको थियो ।

दुर्घटनामा घाइतेहरुको नामावली
दुर्घटनामा सत्यवति ५ गुल्मीकी १३ वर्षकी विनिता भण्डारी, हसरा गुल्मीकी ६६ वर्षीया कुन्ती भण्डारी, ईश्मा गुल्मीका २७ वर्षीय प्रेम ब. मुखिया, ईश्मा ७ गुल्मीका ३२ वर्षीय राजु बराली, दैलेखकी ३० वर्षीया मीना सिङजापति, गल्कोट ४ बागलुङका ६४ वर्षीय राम बहादुर खत्री, अर्घाखाँचीका ७३ वर्षीय कर्ण बहादुर खत्री, बागलुङका ३२ वर्षीय तिलक बि.क., बढिगाड बागलुङकी ३० वर्षीया सरिता बि.क, बढिगाड बागलुङकै २ वर्ष ६ महिनाका सतिश बि.क घाइते छन् ।

त्यस्तै, गुल्मीका १७ वर्षीय बिपीन पल्ली, दावा ६ सत्यवती गुल्मीका १२ वर्षीय विष्णु भण्डारी, गुल्मी धुर्कोटका ४९ वर्षीय खिमानन्द भण्डारी, बिरबास ४ गुल्मीका १४ वर्षीय गौरव सुनार, लघुवा २ पाल्पाकी ५९ वर्षीया कमला कुवँर, कावासोती नवलपरासीकी ६१ वर्षीया लिला कंडेल, तानसेन १४ अर्गेलीका ४५ वर्षीय विष्णु पाण्डे, देवदह ३ रुपन्देहीका ४८ वर्षीय यमनाथ पौडेल, बुटवलकी ४३ वर्षीया पुष्पा मिदुन, रुपन्देहीका ३८ वर्षीय केशव वर्देवा, रुपन्देहीकी ४० वर्षीया ईन्द्र दर्जी पनि घाइते छिन् ।

घाईते हुने अन्य यात्रुहरुमा दाङ ५ की २८ वर्षीया दुर्गा चौधरी, दाङ ५ कै २८ वर्षीय सुनिल चौधरी, गल्कोट ४ डाडाखेतकी ११ वर्षकी सोनाक्षी नेपाली, सोही स्थानकै ३८ वर्षीया कोपिला नेपाली, सत्यवती १ गुल्मीकी १९ वर्षीया रेश्मा पाण्डे, नवलपरासीका ३२ वर्षीय रुपेश श्रेष्ठ, रुकुमका ३५ वर्षीय राजेश कुमार पुन, रुपन्देही २ बुटवलका ३५ वर्षीय अनुज कुमार गुप्ता, गुल्मीकी ३० वर्षीया गंगा बराली, गुल्मीका २ वर्षका अनुभव बराली, छहरा ४ पाल्पाका २९ वर्षीय दीपक परियार, रुपन्देही बुटवलका ४५ वर्षीय दिपेश थापा, रैनादेवी पाल्पाका २८ वर्षीय ओम प्रकाश कोइराला, मणिग्राम रुपन्देहीकी २३ वर्षीया अनिता पाण्डे, हुम्ला सार्किघाटका ३८ वर्षीय गणेश फडेरा, अर्घाखाँचीका ४० वर्षीय तुल्सीराम पाण्डे र कुसुमखोला पाल्पाकी ६६ वर्षीया विष्णुकुमारी थापा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया