विद्यालयको स्वर्ण महोत्सवमा गाउँपालिकास्तरीय हाजिरजवाफ प्रतियोगिता

पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ७ बतासेमा रहेको श्री कालिका माविले आफनो स्वर्ण महोत्सवको उपलक्ष्यमा गाउँपालिकास्तरीय हाजिरजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोलखबहादुर कार्कीको अध्यक्षतामा र गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कार्कीले विद्यालयले गरेको राम्रो कामको प्रशंसा गर्दै सामुदायिक विद्यालयमध्ये यस क्षेत्रकै उत्कृष्ट विद्यालय बनाउन गाउँपालिकाबाट बिशेष पहल गर्ने बताउँदै बवद्यार्थीहरुको उज्जवल भविष्यका लागि विभिन्न विधामा अध्यापन गराएर आफ्नो मात्र पहिचान नबनाएर पालिकालाई नै पहिचान गराउने शैक्षिक कार्य गरेकोमा विद्यालयको उत्तरोत्तर प्रगतिको कामना समेत गरेका थिए ।

कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका कार्यपालिका सदस्य सुनिल बस्याल, प्र.अ यादव बहादुर रायमाझी, वडा सदस्य रुद्र बहादुर थापा, गाविस सचिव कमल ज्ञवाली लगायतका अतिथिहरुले विद्यालयको उतरोत्तर प्रगतिको कामना गर्दै यस विद्यालयलाई नमुना विद्यालय बनाउन आफूहरु सधै तत्पर रहने प्रतिबद्धता समेत जनाएका थिए ।

उक्त हाजिर जवाफ प्रतियोगितामा पहिलो स्थान शारदा मा.वि, दोश्रो स्थान ज्ञानमाला मा.वि, तेश्रो स्थान नारायण मा.विले हासिल गरेको थियो । कार्यक्रममा विभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो ।

शिक्षक टेक बहादुरु वि.कको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको