
तानसेन । स्वतन्त्र विद्यार्थी युनियन पाल्पाले स्ववियू शुल्कमाफर्त उठेको रकम सार्वजनिक गर्न माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै त्रिभुवन बहुमुखी क्यापस पाल्पाले स्ववियू शुल्क शीर्षकमा प्रत्येक विद्यार्थीबाट उठाउदै आएको रकमको तत्कालै सार्वजनिक गर्न माग गरेको हो ।
नयाँ समिति चयन भएको तीन महिना हुनलाग्दा पनि मौखिक तथा लिखित रुपमा रकमबारे सार्वजनीकरणको माग गर्दासमेत क्यापस प्रशासनले बेवास्ता गरेको आरोप अध्यक्ष कृष्ण अर्याल र सचिव ताराबहादुर रायमाझीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्ववियू कोषको रकम अन्य शीर्षकमा प्रयोग गर्नु नितिगत भ्रष्टाचार भएको र सूचना समेत गोप्य राखी खर्च भएको विवरण सार्वजनिक नगर्नु भित्री चलखेल भएको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच क्यापस प्रशासनले तत्काल स्ववियू रकम तथा प्रयाप्त सूचना सार्वजनिक नगरेमा कडा कदम चाल्ने चेतावनी समेत स्ववियू पाल्पाले दिएको छ ।
हेर्नुहोस् विज्ञप्ति