सदस्य शुद्धिकरणलाई लिएर प्रेस चोतारी पाल्पाकाे ध्यानाकर्षण

तानसेन।  प्रेस चौतारी नेपाल पाल्पा शाखाले सदस्य शुद्धिकरणका विषयमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश र सदस्यता शुद्धिकरण समितिलाई ध्यानाकर्षण पत्र पठाएको छ । यसका साथै नेपाल पत्रकार महासंघ पाल्पा शाखालार्य कार्यालयमै पुगेर ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रेस चोतारी नेपालका लुम्बिनी प्रदेश सहइन्चार्ज कमलराज तिमिल्सिनाको नेतृत्वमा पाल्पा शाखा अध्यक्ष कृष्ण कार्की सहितको टोलीले महासंघ पाल्पा शाखा अध्यक्ष रेखीराम रानालाई ध्यानाकर्षण पत्र बुझाए।

ध्यानाकर्षण पत्रका पत्रकार महासंघ पाल्पा शाखाको गत असार ५ गते कार्यसमितीको पूर्ण बैठकले निर्णय गरी ७१ जनाको सदस्यता कायम हुनेगरी प्रदेश शुद्धिकरण समितिमा सिफारिस गरिएका नामावली संशोधन नगरी कार्यान्वयन गर्न माग गरिएको छ ।

कुनै संगठन वा व्यक्तिको उजुरीका आधारमा महासंघको सदस्यता तलमाथी हुनेगरी एकपक्षिय बहस तथा सदस्यता हटाउने सक्ने आसयप्रति प्रेस चौतारी नेपाल पाल्पा शाखाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

सबै संगठनको प्रतिनिधित्व भएको नेपाल पत्रकार महासंघ पाल्पाको कार्यसमितिले गरेको निर्णय फेरबदल गर्ने कार्य आफूहरुलाई मान्य नहुने र यदी निर्णय कार्यान्वयन नभएको खण्डमा जिल्ला, प्रदेश र केन्द्रीय पत्रकार महासंघका विरुद्धमा कडा संघर्ष तथा आन्दोलनका कार्यक्रम गर्नुपर्ने अवस्था सिर्जना नगर्न प्रदेश पत्रकार महासंघ र प्रदेश शुद्धिकरण समितिलाई सचेत गराइएको छ ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रानाले ध्यानाकर्षण पत्रका विषयमा प्रदेशलाई जानकारी गराउने बताए। उनले सबैको राय सुझावका आधारमा शाखाले सदस्यहरुको सिफारिस गरेको बताउदै निर्णय कार्यान्वयनका विषयमा सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer