पाल्पा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाईले अर्धवार्षिक समिक्षाका साथै नीति तथा कार्यक्रम कार्यान्वयनका सम्बन्धमा सरोकारवाला निकायलाई जानकारी गराएको छ । परियोजना कार्यान्वयन एकाई अन्तर्गत तरकारी, सुन्तलाजात फलफूल र अदुवा बेसार जोन अन्तर्गत कार्यक्षेत्रका विषयमा अहिलेसम्म भएका कामका साथै प्रगतिविवरणका विषयमा जानकारी गराइएको हो ।

कार्यक्रममा एकाईका कृषि अधिकृत रसिला महर्जनले जिल्लाभरबाट यसवर्ष कार्यक्रमका लागि आएका आवेदन तथा प्रस्ताव पेश गरेका साथै अहिलेसम्म भएका कार्यक्रमका विषयमा जानकारी गराउनुभयो । उहाँले जिल्लास्तरबाट चक्लाबन्दीमा पकेट, ब्लक, जोन संचालनका लागि सहकारी तथा निजीक्षेत्रबाट माग संकलन, सम्भाव्यता अध्ययन र कार्यान्व्यनमा सहयोगका विषयका सथौ प्राविधिक शिक्षालयको साझेदारीमा व्यवसायिक उत्पादन कार्यक्रम, सिंचाईका विषयमा जानकारी गराउनुभयो ।

तरकारी जोन अन्तर्गत वातावरण मैत्री फेरोमेन ट्राप बितरण तथा प्रदर्शन, अनुदानमा मल्चिङ प्लाष्टिक, अस्थायी तथा स्थायी प्लाष्टिक घर निर्मँण, भण्डारण, प्रशोसधन, उद्योग स्थापना, सहभागितात्मक कृषि प्रविधि सिकाई तथा प्रदर्शनी लगायतका कार्यक्रम रहेको कार्यालय प्रमुख गणेशप्रसाद यादवले जानकारी दिनुभयो ।

सुन्तला फलफूल जोन अन्तर्गतको कार्यक्षेत्रहरुबाट बगैचा सुदृणीकरण अभियान तथा बाली संरक्षण सेवा निलोतुथो, खनिज तेल, जैविक विषादी, सुन्तला फलफूलको क्षेत्रफल बिस्तार, सुन्तलाजात फलफूल नर्सरी स्थापना तथा सुदृणीकरण सहयोग, जोन, सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग, साना सिँचाई र सिँचाई पूर्वाधार निर्माण तथा मर्मत सम्हारका कार्यक्रम रहेको कृषि प्राविधिक सुशील चौधरीले जानकारी गराउनुभयो । यस्तै अदुवा बेसार कार्यक्रम अन्तगत बीउ खरिद, भण्डारण, प्राथमिक प्रशोधन, प्रशोधन उद्योग, जोन सुपरजोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, सहभागितात्मक कृषि प्रविधि सिकाई तथा प्रदर्शनी केन्द् लगायतका कार्यक्रम हुनेछ ।

कार्यक्रममा जिल्लास्तरबाट चक्लाबन्दीमा पकेट, ब्लक, जोन संचालनका लागि सहकारी तथा निजीक्षेत्रबाट माग संकलन, सम्भाव्यता अध्ययन र कार्यान्व्यनमा सहयोग कार्यक्रम अन्तर्गत तीन स्थानमा चक्लाबन्दीको माग आएको जानकारी गराइएको छ । रिब्दीकोट गाउँपालिकाको ख्याहामा सुन्तलाजात फलफुलका साथै तिनाउ गाउँपालिकाको ३ नम्बर वडामा अदुवा बेसारको कार्यक्रम गरिने भएको छ । तर तिनाउकै २ नम्बर वडा अन्तर्गतको बोटे गाउँमा प्रविधि तथा प्लाष्टिक सहयोग गर्ने निर्णय भएको छ । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालको अध्यक्ष्तामा चलेको हो । कार्यक्रममा सरोकारवाला निकायका साथै किसान र पत्रकारलेसमेत आगामी दिनमा गर्ने कार्यक्रमका विषयमा सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया