
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ८० देखि १ सय किलो सुन मंगलबार नै हङकङबाट आएको पाएइकाे छ । क्याफे प्यासिफिको उडानबाट तस्करले भन्सारको सामान बनाएर सुन ल्याएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताएका हुन् ।
भन्सारको गेट पास भैसकेको अवस्थामा राजश्वको टोलीले छापा मारेर सुन बरामद गर्न सफल भएको हाे । सुन बरामद भएपनि सुन ल्याउनेहरु नभेटिएको महानिर्देशक ढुंगानाले बताए ।
उनका अनुसार सुन बरामद गरेको कुरा छिट्टै फैलिए पनि तस्कर पक्राउ हुन भने सकेकाे छैन्। बरामद सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ मा छिपाएर काठमाडौं ल्याइएको थियो ।