तल्लो सिद्धबाबास्थित निर्माणाधीन सुरुङ्ग मार्गको टनेल पहिरोले भत्कियो

तानसेन। मंगलबार दिउँसो वर्षासङ्गै पहिरो खखेपछि पाल्पाको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेको सुरूङमार्गको काममा अवरोध भएको छ । पहिरोले सुरुङ्ग मार्गको ‘पोर्टल’ नै भत्किएपछि काम रोक्किएको हो ।

अविरल वर्षासँगै झरेको पहिरोले तल्लो सिद्धबाबा क्षेत्रमा बन्दै गरेको सुरुङमार्ग पुरिएको छ। आयोजनाका कर्मचारीले दिएको जानकारी अनुसार तल्लो सिद्धबाबा क्षेत्रमा निर्माण थालिएको टनेलमा ठूलो क्षति पुगेको छ । आकार लिएको सुरूङमाथि पहिरो झरेपछि काममा अवरोध आएको आयोजना पक्षले जनाएको छ ।

सुरूङमार्गमा दैनिक ८० जना कामदारले काम गर्दै आएका छन् । दोभानदेखखि तल्लो सिद्धबाबा क्षेत्रसम्मका लागि दुवैतर्फी रुपमा सुरूङमार्ग निर्माण थालिएको थियो ।

पहिरोले सुरूङको टनेल पूरै पुरिदिएको र निरन्तर पानी परेमा थप पहरो खस्ने जोखिम रहेको आयोजनाले जनाएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल सडक खण्डको अति जोखिमको क्षेत्र मानिने उक्त स्थानमा पटक पटक पहिरो खस्ने समस्याले गर्दा सरकारले सुरुङ्ग मार्ग निर्माणको सुरु गरेको हो।

हाल उक्त खण्डको आधा दर्जन स्थानमा पहरो खसेर सवारी आवागमनमा समस्या हुँदै आएके यात्रुहरुले बताएक छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको