
तानसेन। पाल्पाका दुई हजार पशुचौपायामा लम्पी स्किन रोग विरुद्धको खोप लगाउन थालिएको छ । लम्पी स्किन रोगको नियन्त्रणका लागि पशुहरूमा खोप लगाउन सुरु गरिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख दुर्गाप्रसाद खनालका अनुसार पाल्पाका लागि प्राप्त दुई हजार खोप विभिन्न स्थानका पशु फर्ममा रहेका गाई,गोरु र भैसीहरुमा लगाउन थालिएको छ ।
अहिलेसम्म करिव पाँच सयबढी पशुचौपायामा खोप लगाइएको कार्यलय प्रमुख खनालले बताए । जिल्लामा गत फागुन महिनादेखि लम्पी स्किन रोग फेला परेको हो । यसबाट पाल्पाका छ हजार ४ सय १ पशु संक्रमित भएका थिए ।
रोगबाट दुई सय ९७ वटा पशुहरू मरेको पनि प्रमुख खनालले बताए । खोप प्राप्त भएपछि लम्पी स्किन रोगको संक्रमण नियन्त्रणमा सहज हुने विज्ञ केन्द्रले लिएको छ ।