मिसन अस्पतालले स्वास्थ्य बीमा अन्तरगतको सबै सेवा स्थगन गर्ने

तानसेन। पाल्पा सदरमुकाम तानसेनमा रहेको युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बीमा अन्तर्गतको उपचार सुबिधा स्थगित गर्ने निर्णय गरेको छ । बीमा बोर्डबाट बक्यौता रकम उपलब्ध नभएको भन्दै यहीँ साउन २१ गतेदेखि सेवा स्थगन गर्ने अस्पतालले जनाएको हो ।

लामो समयदेखि बीमा बापतको रकम भुक्तानी नपाउँदा सेवा दिन समस्या भएको, बोर्डले दिने रकम समयअनुकुल परिमार्जन नभएको र दावी भुक्तानी गरेअनुसारको रकम नपाएको भन्दै बीमा अन्तर्गतको उपचार सुबिधा स्थगित गर्ने निर्णय गरेको अस्पतालका निर्देशक निर्देशक डा. रचेल कारखले जानकारी दिइन् ।

अस्पतालले नयाँ बिरामी भर्ना नगर्ने तथा उपचाररत रहेका बिरामीको समेत उपचार नगर्ने निर्देशक डा. कारखले बताइन् । बीमा बोर्डले समयमै भुक्तानी नदिने, भुक्तानी दिएपनि दावी रकममा ३० प्रतिशत कटौती गर्ने र बजार मुल्य अनुसारको मुल्य नपाउँदा सेवा बन्द गर्न बाध्य भएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईका अनुसार बीमा सम्बन्धी सेवाहरु स्थगित भएपनि अस्पतालले विपन्न परिवारका लागि दिने निशुल्क सेवा, तथा अन्य बिरामीका लागि दिन सहुलियतपूर्ण सेवा कायमै रहने छ।

बीमा बोर्डबाट १२ करोड बढी भुक्तानी हुन बाँकी रहेको अस्पतालले जनाएको छ। बीमा अन्तर्गतको सेवा बन्द भएपछि पाल्पाका अधिकांश बिरामीले उपचारका लागि सास्ती खेप्नुपर्ने बताउदै आएका छन् ।

May be an image of hospital and text that says "United Mission to Nepal Medical and Development Trust UNITED MISSION HOSPITAL TANSEN Palpa, Nepal जरूरी सूचना! मिति: २०5०/०४/१२ बिषय: स्वास्थ्य विमा अरन्तगत उपचार सुविधा स्थगित हुने सम्बन्धमा। यस यूनाईटेड मिसन अस्पताल तानसेनले मिति २०5०/० देखि स्वास्थ्य विमा अन्तगत उपचार सुविधा स्थगित गर्े व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको यस अस्पतालमा भर्ना भई स्वास्थ्य विमा अन्तगत उपचार गराईरहेका विरामीहरुले समेत मिति २०६०/०४/२१ देखिको उपचार खर्च आफै तिर्ुपर्ने व्यहोरा अनुरोध छ यस वाट सेवाग्राहीहरमा पर्नें असुविधाप्रति अस्पताल क्षमायाचना गर्दछ्ी। डा. रचेल कारख अस्मताल निर्देशक M9BS, Dr.Rachel t DA Karrach Hospital Director OROOG OTM&"

तपाईको प्रतिक्रिया