पाल्पामा एक जना पुरुष मृत फेला

पाल्पा।  पालपामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ५, अधेरीखोलाका ५४ वर्षीय नेत्रप्रसाद पराजुली मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

विगत सात वर्षदेखि रिब्दीकोटको मैनादी कटहरबारीस्थित छविलाल नेपालको घरमा बस्दै आएका पराजुली गएराति गोठभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तीन दिनदेखि सम्पर्कमा नरहेका पराजुलीको खोजी गर्ने क्रममा चुक्कल लगाएको गोठको कोठाभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको