मिसनको स्वास्थ्य बीमाः अस्पतालले निर्णय नगर्दै सामाजिक सञ्जालमा रोइलो

तानसेन। पाल्पा सदरमुकाम तानसेनस्थित युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बीमा अन्तरगतको सेवा स्थगन नगर्ने विषयले यतिबेला सामाजिक सञ्जाल रंगिएको छ । बिहीबार पाल्पाबाट निर्वाचित संघीय सांसदहरु, अस्पताका निर्देशक र स्वास्थ्य बीमा बोर्डका पदाधिकारीबीच छलफल भएको तस्वीर सार्वजनिक गर्दै सेवा निरन्तर हने विषयले सामाजिक सञ्जाल रंगिएको हो ।

अस्पतालले स्वास्थ्य बीमा बापत खर्च भएको रकमको समयमा भुक्तानी नपाएको भन्दै आउँदो आइतबारदेखि सेवा बन्द गर्ने जनाएको थियो । त्यसयता विभिन्न चरणमा जिल्लास्थित क्रियाशिल रानीतिक दल र सरोकारवाहरु बीमा सेवा बन्द नगर्नका लागि छलफल भएका थिए । आज बोर्डमा भएको छलफलपछि सामाजिक सञ्जालमा सेवा स्थगन नहुने स्टाटस सार्वजनिक भइरहदा अस्पताल प्रशासनले भने सो बारे कुनै निर्णय नभएको जनाएको छ ।

अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईका अनुसार सेवा निरन्तरताका विषयमा अस्पतालले हालसम्म कुनै निर्णय गरेको छैन् । सामाजिक सञ्जालमा के आयो के भने भन्ने बारे आफू जानकार नरहेको अधिकृत भट्टराईले नयाँधारसंग बताए ।उनले भने, “हामीलाई हालसम्म कुनै जानकारी आएको छैन। हामी भोली मिटिङ्ग बस्दै छौं । त्यपछि के हुन्छ बल्ल थाहाँ हुनेछ ।”

 

जिल्लास्थित राजनीतिक दल तथा अन्य व्यक्तिहरुले बीमा निरन्तर हुने जनाएपनि छलफलमा सहभागी अस्पतालकी निर्देशक डा. रचेल कारखले पनि अहिलेसम्म निर्णय नभएको बताइन् ।

उनले आफू छलफलमा बसेपनि बीमा अन्तरगतको सेवा निरन्तरताको विषय टुंगोमा नपुगेको बताइन् । उनले भनिन्,” हामी भोली अस्पतालमा मटिङ्ग बस्दै छौं, त्यसपछि मात्रै आधारिक निर्णय आउने छ ।” अहिले नै सेवा निरन्तरत हुने बारे आफूसमेत जानकार नभएको डा. कारखको भनाई छ ।

तपाईको प्रतिक्रिया