आजदेखि मिसन अस्पतालमा स्वास्थ्य बीमाको उपचार बन्द

तानसेन। तानसेनस्थित युनाइटेड मिसन अस्पतालले आजदेखि स्वास्थ्य बीमा अन्तरगतको सेवा बन्द गरेको जनाएको छ । सरकार बीमा बोर्डसंग विभिन्न चरणमा भएका वार्तामा पनि आफ्ना मागहरु सम्बोधन नभएको भन्दै अस्पतालले सेवा बन्द गर्ने जनाएको हो ।

बीमा बापतको बक्यौता रकमको समयमा भुक्तानी नपाएको, पाएको भुक्तानीसमेत कम रहेको जस्ता समस्या देखएर अस्पतालले बीमा बापतको उपचार गर्न नसक्ने जनाएको छ ।

जिल्लास्थित राजनैतिक दल तथा प्रतिनिधिसभा, प्रदेशसभाका सदस्यहरू, पूर्व सांसदलगायतले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन छलफल गरेपनि माग पुरा नहुँदा आजदेखि सेवा बन्द गर्ने निर्णय भएको अस्पताल प्रशासनाले जनाएको छ ।

अस्पतालका निर्देशक डा. रचेल कारखका अनुसार बीमा बोर्ड र अन्य सरोकारवाबीच छलफल भएपनि आफूहरुको माग सम्बोधन नभएका कारण हालका लागि बीमा कार्यक्रम सञ्चालन बन्द गरिएको हो।

मिसन अस्पतालमा स्वास्थ्य बीमा अन्तरगतको सेवा बन्द हुँदा यहाँ उपचार गराउने बिरामीले पैसा तिरेर उपचार गर्नुपर्ने बाध्यता भएको बताएका छन् । उता पाल्पा अस्पतालमा भौतिक पूर्वाधार र विशेषज्ञसहितको उपचार सेवा संचालन गर्न पनि पाल्पाबासीले माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer