
तानसेन। पाल्पामा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङजाको वालिङ नगरपालिका वडा नं.–११, आमडाँडा घर भएकी ११ महिनाकी बालिका रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । उनको तानसेनस्थित युनाइेट मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बुधबार स्वास्थ्यमा समस्या देखिएर परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएकी बालिकको उपचारकै क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका महामारी रोग फोकल पर्सन मधुसुधन भट्टराईका अनसार मृतक बालिकामा शरीरमा सुख्खापन, झाडाबान्तालगायतको समस्या देखिएको थियो।
योसंगै पाल्पामा यो वर्ष डुंगु संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि मिसन अस्पतालमै तानसेन ६ लनमीडाडाँकी ६९ वर्षीया महिलाको डेंगु संक्रमणबाट मृत्यु भएको थियो।
यसैबीच यो वर्ष पाल्पामा ७३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
मिसनअस्पतालसंगै, पाल्पा अस्पताल, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेजलगायतका निजी स्वास्थ्य संस्थामा गरिएको परीक्षणमा ७३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।