
तानसेन। आँखा पाक्ने संक्रमण फैलिएपछि पाल्पाको रामपुर नगरपालिकाभित्रका ७ वटा विद्यालय बन्द चार दिनका लागि बन्द गरिएको छ । विद्यार्थी र शिक्षकमा तिव्र रुपमा संक्रमण फैलिएको हुँदा आजदेखि आउने आइतबारसम्मका लागि नगरभित्रका ७ वटा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको प्यापसन रामपुरले जनाएको छ ।
रामपुर नगरपालिकाले मंगलवार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयलाई आँखा पाक्ने समस्याको अवस्थालाई मध्यनजर गरी विद्यालय व्यवस्थापन समितिको बैठकबसी स्थानीय बिदा राख्न सकिने भनेसंगै विद्यालयको पठनपाठन बन्द गरिएको प्याप्सन रामपुरका सदस्य गोविन्द पौडेलले जानकारी दिए ।
सात वटा विद्यालयका गरी करिब तीन हजार विद्यार्थी र करिब एक हजार शिक्षक शिक्षीका गमध्ये ४० प्रतिशत बढीमा आँखा पाक्ने रोगको संक्तमण देखिएको हो।
आँखा पाक्ने रोगका संक्रमित बढेसंगै नगरपालिकाले सामुदायिक विद्यालयलाई पनि आवश्यकता अनुसार विद्यालय बन्द गर्न सकने सूचना निकालेको र सचेतना अपनाउन पनि नगरवासीमा अनुरोध गरेको नगर शिक्षा अधिकृत विकल काफलेले बताए।
रामपुरमा सस्थागत ७ तथा सामुदायिक ५२ वटा गरी कूल ५९ वटा विद्यालय रहेका छन् ।