
तानसेन । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसंगै सार्वजनिक सवारीको भाडा मूल्य वृद्धि भएको छ । यातायात व्यवस्था विभागले पेट्रोल र डिजेलको मूल्य बढेपछि अन्तरप्रदेश चल्ने सवारी साधनको भाडादर समायोजन गरेको हो ।
विभाग लागू गरेको नयाँ भाडादर बुधबारदेखि नै लागू भएको । विभागका अनुसार यात्रुवाहक सवारीका साधनको भाडादर प्रतिकिलोमिटर ४.७०, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीको भाडादर ६.१५ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर ६.८३ प्रतिशतले वृद्धि भएको हो ।
भाडा समायोजन भएपछि काठमाडौं–तानसेनका लागि ९ सय ६ भाडादर कायम भएको छ । यस अघि ८ सय ६५ रुपैयाँ रहेको थियो । यस्तै काठमाडौं–हार्थोक (पाल्पा) का लागि नौं सय ४८ भाडा दर कायम भएको छ ।
हेर्नुहोस नयाँ भाडादरको सूची हेर्न यहाँ क्लिक गर्नुहाेस्।