निस्दीका प्रअको भत्तामा वृद्धि

तानसेन।  पाल्पाको निस्दी गाउँपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकको भत्ता वृद्धि गरेको छ । माध्यमिक तहका प्रधानाध्यापकहरुले मासिक एक हजार पाचँ सय र साविकको निमावी तहकाले एक हजार १ सय तथा साविकको प्राथमिक तहका प्रधानाध्यापकहरुले ७ सयका दरले भत्ता पाउने भएका हुन्।

सरकारले प्राथमिक तहको प्रधानाध्यापकलाई मासिक दुई सय, निम्नमाध्यमिक तहकोलाई तीन सय र माध्यमिक तहको प्रधानाध्यापकलाई पाँच सयका दरले भत्ता उपलब्ध गराउदै आएको छ । जसमा निस्दी गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०। ०८१ देखि थप भत्ताको व्यवस्था गरेको हो ।

गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुका अनुसार पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटदै गएको हुँदा विद्यालय सुधारका लागि शिक्षाको मनोवल बढाउन भत्तामा वृद्धि गरिएको हो ।

भत्ता बढेसंगै प्रअहरु विद्यालय र प्रशासन सञ्चालनमा थप जिम्मेवार बन्ने अपेक्षा गाउँपालिकाले लिएको छ ।

निस्दीमा हाल ५२ वटा सामुदायिक विद्यालय रहेका छन ।

तपाईको प्रतिक्रिया