तानसेन । पाल्पामा यो वर्ष एक सय ३८ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार चार ठूला अस्पतालमा ११२ जना तथा निजी क्लिनिक तथा स्वास्थ्य प्राथमिक स्वास्थ्य केन्द्रको तथ्यांकमा २६ जना गरी एक सय ३८ जनाम संक्रमण देखिएको हो ।
यो तथ्यांक गत जनवरी देखिको हो । तर, संक्रमण दर भने गत साउनदेखि बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
यस्तै यो वर्ष पाल्पामा डेंगु संक्रमणकै कारण दुई जनाले ज्यान गुमाइसकेका छन् ।