पाल्पा। स्याङजामा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बिरुवा गाउँपालिका-१ किचनासका २८ वर्षिय चेलिस श्रेष्ठ रहेका छ्न ।

मगलवार बेलुका  घर नजिकैको जंगलमा  अरिङ्गाल पाेल्न गएका श्रेष्ठलाई करिब ६०/७० वटा अरिङ्गालले टोकेपछि श्रेष्ठ घाइते  भएका थिए।

उनलाई उपचारका लागि स्थानीयको सहयाेगमा हिजो राति नै गण्डकी मेडिकल कलेज पाेखरामा पठाइएकाेमा उपचारका क्रममा राति १ बजे श्रेष्ठकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएकाे छ ।

अरिङ्गाल पोल्न श्रेष्ठसहित ६ जना गएकोमा अन्य ५ जना भने सुरक्षित छ्न ।

घटनाबारे थप अनुसन्धान जारी रहेकोे  जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ।

तपाईको प्रतिक्रिया