
तानसेन। पाल्पा सदरमुकाम तानसेनमा रहेको श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा निकालिएको छ । श्रीनगर सिद्धि विनायक गणेश गुठीले बाजागाजासहित बजार परिक्रमा गरेर रथयात्रा निकालेको हो ।
जात्रामा श्रद्धालुले, भजनकीर्तनसहित रथयात्रामा सहभागी भएकाे गुठियार हिमालदत्त श्रेष्ठले बताए।
नेवार समुदायमा जनैपूर्णिमादेखि जात्राहरू सुरु भए पनि गणेशको रथ यात्रा निकालेपछि मात्र टक्सार, भीमसेन, भगवती, अमरनारायणलगायतका रथहरू निकाल्न बाटो खुला हुने संस्कृतिविद्हरूको भनाइ छ ।
पाल्पामा गणेशको रथयात्रा गर्ने प्रचलन वि.सं. १९८१ बाट सुरु गरिएको हो ।