
पाल्पा । नेकपा माओवादी पाल्पाले जनसरोकारको विषयमा प्रशासनसँग छलफलमा जुटेको छ । जिल्लाको शान्ति सुरक्षा र सुशासन तथा जनचासोको सवालमा माओवादी पाल्पाले विशेष चासोका साथमा पाल्पाका प्रमुख जिल्ला अधिकारीसँग छलफलमा जुटेको हो ।
लुम्विनी प्रदेशका पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी पाल्पाका ईन्चार्ज कृष्णध्वज खड्काको नेतृत्वमा केन्द्रीय सदस्य दिपेन्द्र पुन, जिल्ला संयोजक राजेन्द्र विश्वकर्मा, सचिव मधुरा ढकाल र तानसेन नगरपालिका उप प्रमुख प्रतीक्षा सिजाली मगर लगायतका टोलीले जिल्ला प्रशासन कार्यालय पाल्पाको सेवालाई जनमुखी बनाउन सुझाव दिएको जिल्ला सचिव मधुरा ढकालले बताउनुभयो ।
लुम्विनी प्रदेशका पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी पाल्पाका ईन्चार्ज कृष्णध्वज खड्काको नेतृत्वमा केन्द्रीय सदस्य दिपेन्द्र पुन, जिल्ला संयोजक राजेन्द्र विश्वकर्माले जिल्लाको शान्ति सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, नागरिकता तथा राहदानी बनाउने युवाहरुको कामलाई थप व्यवस्थित गर्नुपर्ने सुझाव दिनुभएको थियो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जिल्लामा नागरिकलाई नागरिकता तथा पासपोर्ट प्राप्त गर्न हाल निकै सहज व्यवस्था गरिएको बताउनुभयो ।
“जनतासंग माओवादी ः विशेष रुपान्तरण अभियान” अन्तर्गत अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाको इकाई समितिको विस्तारित बैठक सम्पन्न भएको छ ।
प्रमुख अतिथि पाल्पा इन्चार्ज कृष्णध्वज खड्का तथा जिल्ला संयोजक राजेन्द्र बिक, सचिब मथुरा ढकाल, बिद्यार्थी केन्द्रीय सदस्य पदम सोमईको आतिथ्यतामा भएको बैठकले मिलनराज घर्ती मगरको अध्यक्षता मूल इकाई समिति पुनर्गठन गरेको छ ।
कार्यक्रमको अध्यक्षता भिम लुङ्गेली र संचालन राजन क्षेत्रीले गर्नु भएको थियो । यसैबीच अनेमस (क्रान्तिकारी) रामपुर नगर समितिको आयोजनामा प्रथम बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । माओवादी नेता यज्ञ पोखरेलको प्रमुख आतिथ्यता, कमल भट्टराई यम सुनार, गीता बिकको आतिथ्यता भएको कार्यक्रमको लक्ष्मी ढकालले गर्नुभएको थियो ।
पाल्पाका दशै स्थानीय तहमा माओवादीको विशेष कार्यक्रम सञ्चालन गरेको छ । माओवादीलाई कार्यकर्ता प्रशिक्षण, पार्टीका वडा स्तरमा कमिटि गठन, महिला, दलित तथा विद्यार्थी कमिति निर्माण देखि जनश्रमदानमा उत्साहजनक सहभागिता जनाएको छ ।
माओवादीका सबै तहका संरचनाहरुलाई चलायमान बनाउने र जनतासँग जोडिएर पार्टीका गतिविधि गर्ने उद्देश्यका साथ सो पार्टीले तीन महिने अभियान सञ्चालन गरिएको माओवादी पाल्पाले जनाएको छ ।