रैनादेवी छहराले गर्यो जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन परिपत्र

तानसेन। पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिलाई आफ्नो सन्तान सामुदायिक विद्यालयमा पढाउन परिपत्र गरेको छ । गाउँपालिकाले सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, सरकारी कर्मचारी तथा शिक्षकले आफ्नो र आफ्नो संरक्षणमा रहेका बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुहुन परिपत्र गरेको हो।

सामुदायिक विद्यालयको गुणस्तर सुधार्नका लागि यस्तो निर्णय गरिएको पालिकाले जनाएको छ । गत बैशाख २४ गते बसेको गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेपछि यसको कार्यान्वयनका लागि परिपत्र गरिएको पालिकाका प्रमुख प्रशसकीय अधिकृत दिनेश सारुले बताए ।

पालिकाले यो वर्ष निर्णय गरेर सार्वजनिक पद धारण गरेका व्यक्तिलाई सकारात्मक रुपमा नैतिक दवाव पुग्ने बताइएको छ । यो निर्णयलाई आगामी शैक्षिक सत्र २०८१ देखि कार्यान्वयनमा लैजाने गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले जानकारी दिए।

समग्र शिक्षा क्षेत्रलाई सुधार गर्न यो पनि एउटा महत्वपूर्ण रहेको हुँदा समुदायिक विद्यालयमा पठनपाठन गराउने अभिभावकलाई प्रोत्साहन गर्ने नितीले यो निर्णय गरिएको पालिकाले जनाएको छ ।

यो पालिकामा एउटा संस्थागतसहित ६२ वटा विद्यालय रहेका छन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer