तानसेन। रामपुर नगरपालिकाले ५९ औँ बाल दिवसका अवसरमा विद्यार्थी सम्मान तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । रामपुर नगरपालिकाले २०७९ सालमा माध्यमिक शिक्षा परिक्षा एसईईमा ३ं.६५ जिपिए र सो भन्दा बढि जिपिएका साथ उत्तिर्ण भएका २३ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो । यस्तै विद्यार्थीहरुलाई नगद र सम्मान पत्रले सम्मान गरेको हो ।
विद्यार्थीहरुलाई सम्मान गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिकाले बालबालिका र शैक्षिक क्षेत्रको विकासका लागि प्रतिबद्ध भएर लागेको बताए। उनले बालबालिका र विद्यार्थीहरुलाई व्यवहारिक शिक्षामा जोड दिनु आवश्यकता औँल्याए ।
नगर प्रमुख थापाले विद्यार्थीहरुलाई व्यवहारिक शिक्षामा जोड दिनका लागि रामपुर नगरपालिकाले हरेक शुक्रबार बुक फ्रि फ्राई डे कार्यक्रम सञ्चालन गरेको बताए। उनले भने, “किताबी ज्ञान मात्रै शिक्षा होईन , व्यवहारिक शिक्षाले मात्र बालबालिका र विद्यार्थीहरुको जिवनमा सकारात्मक प्रभाव पार्छ ।”
बालबालिकको प्रतिभाको पहिचान गरि उनिहरुको चहाना अनुसार शिक्षा दिन आवश्यक रहेको बताउनुभयो । नगर प्रमुख थापाले बालबालिकाको अधिकार सुनिश्तिताका लागि नगरपालिका सधैै प्रतिबद्ध रहेको नगर प्रमुख थापाले बताए ।
कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले बालबालिकाको हरेक अधिकार सुरक्षित गर्न र बालबालिकाको सुनौलो भविष्यका लागि नगरपालिकाले धेरै लगानी गरेको बताइन।
बालमैत्री स्थानीय शासन कायम गर्नका लागि नगरपालिकाले विभिन्न सुचकहरु अबलम्बन गरिरहेको उनकाे भनाइ छ।
रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा रामपुर नगरपालिकाका सल्लहाकार कृष्ण प्रसाद पौडेल , रामपुर नगरपालिका शिक्षा समितिका सदस्य सुन्दर प्रसाद देवकोटा , गोविन्द प्रसाद पौडेललगायतले बोल्दै बालबालिकाको क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए।
बाल दिवसका अवसरमा भएको माध्यमिक तह स्तरिय “बालबालिकामा लगानी , सुनिश्चित भविष्यको थालनी” विषयक वक्तृत्वकला प्रतियोगितामा रामतुलसी माध्यमिक विद्यालयकी सञ्चिता थापा प्रथम , दरैठाँटी माध्यमिक विद्यालयकी पूर्णिमा खनाल द्धितिय , भूपू सैनिक राईजिङ ईंिग्लस सेकेण्डरी स्कुलकी मनिषा नेपाली तृतिय र भानुभक्त माध्यमिक विद्यालय जब्गादीका सृष्टि काफ्ले सान्तवना भएका छन् । उनिहरुलाई नगद र प्रमाण पत्र सहित पुरस्कृत गरिएको छ । प्रतियोगितामा नगर भित्रका १० वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
रामपुर नगरपालिका शिक्षा समितिका संयोजक सिमादेवी थापाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको संचालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गरेका थिए ।