पाल्पा। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संविधान र संघीयता कार्यान्वयनमा राज्य संरचनाका तिनै तह गम्भिर र जिम्मेवार बन्नु पर्ने बताएका छ्न । संविधान दिवस – २०८० को अवसरमा बुधवार शुभकामना सन्देश जारी गर्नुहुदै सभामुख घर्ती मगरले संविधान कार्यान्वयनमा देखिएको कमीकमजोरी सच्याएर आगामी दिनमा हुने थप अभ्यासबाट संविधान समृद्ध हुँदै जाने विश्वास व्यक्त गरेका हुन।
सभामुख घर्तिले संविधान कार्यान्वयनको क्रममा भएका कमीकमजोरी सम्वन्धी खबरदारीको रुपमा आएका जनताको सकारात्मक सुझावहरुले संविधान र संघीयतालाई थप परिस्कृत बनाउने बताए।



