
तानसेन। पाल्पाको रामपुर नगरपालिका वडा नंं ५ मटेरी निर्माण गरिएको फनपार्क सञ्चालनमा आएको छ । आइकोनिक ग्रुप प्रालिको लगानीमा निर्माण भएको रामपुर फनपार्क सञ्चालनमा आएको हो।
फनपार्कको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले रामपुरको पर्यटन पर्वधन र विकासमा फनपार्कले थप टेवा पुग्ने बताए ।
नगरभित्र आन्तरिक र बाह्य पर्यटन भित्र्याउनका लागि यस्ता पार्कहरुको महत्वपूर्ण भूमिका हुने नगरप्रमुख थापाले बताए । नगरको पर्यटन प्रबद्र्धन गर्ने दायित्व स्थानीय सरकारको भएता पनि यसका लागि निजि क्षेत्रले पनि सघाउन आवश्यक रहेको उनले बताए ।