ग्याँस डिलर्स संघ पाल्पाको अध्यक्षमा पौड्याल

तानसेन। ग्याँस डिलर्स संघ पाल्पाको अध्यक्षयमा पर्सुराम पाैड्याल चयन भएका छन् । संघको पाँचौ अधिवेशनबाट  पौड्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा मञ्जु रेग्मी, सचिवमा अजयबहादुर श्रेष्ठ, कोषाध्यक्षमा उमेशराज शाक्य र सह–सचिवमा विष्णु जि.सी. सर्वसम्बत चयन भएका हुन् ।

कार्यसमिति सदस्यमा रामबहादुर श्रेष्ठ, जालबहादुर खाती, राजेश प्रसाद श्रेष्ठ, भुपेन्द्र के.सी, भरत ढुङ्गाना र राजेन्द्र अग्रहरी चयन भएका छन् । संघको बरिष्ठ सल्लाहकारमा कमल ढकाल, बसन्त श्रेष्ठ र निवर्तमान अध्यक्ष राजेन्द्रबहादुर बज्राचार्य चयन भएको संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया