डेंगु संक्रमणबाट पाल्पामा थप एक जनाको मृत्यु

पाल्पा। पाल्पामा डेंगु संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुने माथागढी गाउँपालिका–१, चिदीपानी बुढीकोटका ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

उनको तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि गत असोज ५ गते मिसन अस्पतालमा भर्ना भएका उनलाई डेंगुसंगै स्क्रबटाइफससमेत पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्रकुमार गिरीले जानकारी दिए।

योसंगै पाल्पामा यो वर्षमात्रै तीन जनाले डेंगु संक्रमणबाट ज्यान गुमाएको पनि स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

जिल्लाका मिसन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज तथा रामपुर अस्पतालमा गरी यो वर्ष दुई सय ६८ जनामा डेंगुको संक्रमण भएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिए। यसका साथै निजी क्लििनिक र मेडिकल तथा करिब एक सय जनामा संक्रमण देखिएको चिकित्सकहरुले बताएका छन् ।

डेंगु संक्रमणबाट यसअघि तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिला र स्याङ्जाको वालिङकी एक बालिकाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया