रिब्दीकोटले अदुवा पकेट क्षेत्र विस्तार गर्ने

तानसेन।  रिब्दीकोट गाउँपलिकाले पालिकालाई अदुवा पकेट क्षेत्रको रूपमा विकास गर्ने जनाएको छ। कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको नागरिकको जीवनस्तरमा वृद्धि गर्ने उद्देश्यले पालिकाले अदुवा प्रवर्द्वनका सम्बन्धी अन्तरक्रियासमेत गरेको छ ।

पालिकाले कारितास नेपालसंगको समन्वयमा अदुवा प्रवर्द्वन एवं साना किसान व्यवसाय सम्बन्धी अन्तरक्रिया गरेको हो। पछिल्लो समय भएको कृषि क्षेत्रको यात्रिकरणलाई विस्तार गर्न र आधुनिक प्रविधिको प्रयोगबाट कृषि प्रणालीको विकासका लागि समन्वय गर्ने विषयमा छलफल भएको थियो ।

जिल्लामै धेरै अकबरे खुर्सानी उत्पादनमा सफल भएको यो पालिकाले अब कृषकहरूलाई अदुवा प्रवर्द्वन कार्यक्रममार्फत व्यवसायीक बनाउन लागि परेको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए ।

गाउँपालिले कारितास नेपालको सहकार्यमा कृषि क्षेत्रमा, साना उद्यमीको क्षेत्रमा, जोखिमका क्षेत्रमा महोत्वपूर्ण कार्य गर्दै आएको जनाएको छ ।

पछिल्लो समयमा गाउँघरका खेतबारीहरू माझो रहेको परिस्थितिमा गाउँपालिकाले ती बाझो रहेका जग्गाको सदुपयोग गरी कृषि उपज वृद्धि गर्ने गाउँपालिकाको योजना रहेको गाउँपालिका अध्यक्ष कार्कीले बताए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको