तानसेन। अनेरास्ववियू (क्रान्तिकारी) का पूर्व अध्यक्ष कृष्णध्वज खड्काले विद्यार्थीले सधै प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । उनले भोलीको देश हाक्ने युवा शक्ती भनेकै आजका विद्यार्थी रहेको हुँदा जुनसुकै दलको सरकार भएपनि आवज उठाएर विद्यार्थी र समग्र युवाहरुमा देखिएको समस्याको अन्त्यका लागि पहल गर्नुपर्ने बताए ।
अनेरास्ववियू(क्रान्तिकरी) पाल्पाको १६ औं अधिवेशनलाई सम्बोधन गर्दै नेकपा माअोवदाी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका खड्काले प्रचण्ड अथवा अन्य दलको सरकार भएपनि विद्यार्थीले पहरेदारी गर्न छाड्न नहुने बताए ।
उनले अहिले नेपालमा दैनिक पाँच, सात वटा लासहरु आउने स्थितीको अन्त्य गर्नका लागि विद्यार्थीले आवाज उठाउनुपर्ने बताए । हालको शिक्षा नीति व्यवहारिक नरहेको सन्दर्भमा युवाहरु विदेशिनु पर्ने अवस्थाको अन्त्यका लागि विद्यार्थीहरुले आवाज उठाउनुपर्ने उनले बताए ।
स्वदेशमै अध्ययन गर्ने र काम गर्ने खालको व्यहारिक शिक्षाको लागू गर्न विद्यार्थीहरुले आवाज उठाउनुपर्ने बेला आएको उनले बताए ।
उनले भने, “विद्याथीहरु भनेको पहरेदारी गर्ने हो । आफ्ना समस्याहरुलाई चर्को स्वरमा आवाज उठाउन हो । जो सुकै सरकारमा भए पनि आफ्ना मागहरु लिखित रुपमा राख्ुनुपर्छ, यदी माग सम्बोधन नभएमा सडक आन्दोलनबाट भएपनि मागमो सम्बोध गराउन विद्यार्थीको भूमिका रहनु पर्दछ ।”
प्रचण्ड वा आफू नै मन्त्री भएपनि विद्यार्थीले माग राख्नुपर्ने अवस्था आएको उनले बताए । अहिले देश समाजवाद प्राप्तीको दिशामा लागेको जनाउदै विद्यार्थीले पनि यसको कार्यभारका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बेला आएको उनले बताए ।
लुम्बिनी प्रदेश सरकारका पूर्व अर्थमन्त्रीसमेत रहेका खड्काले माओवादीले अहिले विशेष रुपान्तरण अभियान चालेर सबै नागरिकका समस्या र गुनासो सुन्नका लागि जिल्ला जिल्ला, गाउँ गाउँ र टोलहरुमा खटिएको बताउँदै यो अभियानमा विद्यार्थीले पनि आफ्ना समस्या र वस्तुस्थितीबारे जानकारी दिन सुझाव दिएका छन् ।