तानसेन। पाल्पामा अवैध रुपमा ढुंगा चोरी निकासी गर्ने जेसिबी र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको तिनाउ गाउँपालिका वडा नं. ३ हेडबक्स नजिकै अवैध रुपमा ढुंगा उत्खनन गरी निकासी गरेको अवस्थामा दुई वटा जेसिबी र दुई वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सिद्धार्थ राजमार्ग अन्तरगत पर्ने उक्त क्षेत्रमा रातिको १२ बजे अवैध रुपमा ढुंगा उत्खनन गरिरहेको जानकारी पाएपछि प्रहरी चौकी दोभानबाट प्रहरी नायव निरीक्षकसहितको टोलीले बाग्मती प्रदेश ०१–००३ प ९१९४ नम्बरको चेनवाला जेसिबी, प्रदेश ३ ०१–०३ क ६७७७ नम्बरको जेसिबी तथा लु २ ख ३६६२ र लु २ ख ३९६४ नम्बरको टिपर नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार नियन्त्रणमा लिएका चारै वटा सवारीलीलाई आवश्यक कारबाहीका लागि तिनाउ गाउँपालिकामा बुझाइएको छ ।

चोरी बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया