
काठमाडौ । मंगलबार दिउँसो बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । दिउँसो २ बजेर ४० मिनेटमा पहिलो भूकम्प गएको हो ।
यस्तै ३ बजेर ६ मिनेट जाँदा बझाङको तालकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको हो । भूकम्पबाट के कस्तो क्षति भयो भन्ने पूर्ण विवरण प्राप्त भएको छैन । भूकम्पको धक्का राजधानी काठमाडौं उपत्यकासहित पश्चिम नेपालका अन्य जिल्लाहरुमा पनि महसुस गरिएको ।
भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिका – ३ गैरागाँउ स्थित दुर्गा माविको भवनमा क्षति पुगेको छ ।
यस्तै डोटीकै बडिकेदार गाउँपालिका वडा नम्बर ५ मा रहेको शिबजी आधारभुत विद्यालयको भवनमासमेत क्षति पुगेको बताइएको छ।