बगनासकाली सहकारीले आजदेखि दुग्धजन्य पदार्थमा १० रुपैँया छुट दिने

तानसेन। पाल्पाको एक सहकारीले चाडवार्डको अवसरमा दुग्धजन्य पदार्थको खरिदमा १० रुपैँया छुट दिने जनाएको छ । बगनासकाली गाउँपालिका वडा न ८ को बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाले दुग्धजन्य पदार्थका खरिदमा प्रतिलिटरमा १० रुपैयाँ छुट दिने भएको हो ।

चाडपर्वलाई मध्यनजर गर्दै प्रतिलिटरमा १० रुपैयाँ छुट गरिने संस्थाका अध्यक्ष कृष्ण भुसालले बताए। सहकारीले आजदेखि छुट दिने व्यवस्था गरेको छ ।

खासगरी भैसीको दुध क्रिी गर्दै आएको यो सहकारीले हाल भैंसीको दुधको मूल्य प्रतिलिटर १ सय २० रहेको छ ।

जसमा १० रुपैंया छुटसहित एक सय १० रुपौंयामा उपभोक्ताले दुध उपभोग गर्न पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया