
पाल्पा । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको हो।
निगममा प्रवक्ता मनोजकुमार ठाकुरकाअनुसार घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुनेछ ।
निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको हो।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
यस्तै अन्य स्थानमा वर्गअनुसार मूल्य तय भएको निगमले जनाएको छ।
पहिलो वर्ग | दोस्रो वर्ग | तेस्रो वर्ग | |
---|---|---|---|
मूल्य (रूपैयाँ) | १६१.५० | १६३ | १६४ |
भूगोल | चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी, वीरगञ्ज |
आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।