पाल्पा। यो वर्ष पाल्पाका महिलाले बनाएको झिनियाँ रोटीले बजार पाउन सकेको छैन। तिहारका बेला दिदी बहिनीले दाजुभाईलाई टीका लगाइदिएपछि सगुनका रुपमा खुवाउने झिनियाँ रोटीको उत्पादन बढेपनि व्यापर घटेको व्यापारीहरुले बताएका छन् । सप्तरंगी टीका लगाइदिएपछि यो रोटी सगुनका रुपमा खाने पुरानो प्रचलन हो ।

विभिन्न रंगमा चामलको पीठोबाट बनाइने यो रोटीको उत्पादन गाउँ-गाउँमा बढेको भएपनि  अहिले पर्वका समयमा धेरै परिकार खुवाउने हुँदा यो रोटी थोरै परिमाणमा किन्ने हुँनाले पनि उत्पादन अनुसारको व्यपार नभएको तानसेनका व्यपारीको भनाइ छ ।

नेवार समुदायबाट सुरु भएर हाल सबै समुदायले उत्पादन र उपभोग गर्ने हुँदा पनि यस्को महत्व बढेको पाइएको छ । तर, शहरदेखि गाउँसम्मका महिलाले बनाउन सक्ने यो रोटीको बिक्री नहुँदा भने आफूहरु चिन्तित भएको व्यापरीको भनाइ छ ।

विगतमा एक जना व्यापरीले यो सिजनमा चारदेखि पाँच लाख बराबरको झिनियाँ रोटी बेच्ने गरेकोमा यो वर्ष एक डेढ लाखको मात्रै व्यापर भएको तानसेनमा झिनियाँ रोटी बेच्दै आएकी व्यापरी कतकी बरुणले बताइन् ।

यो रोटीलाई पछिल्लो समय पूजाआजादेखि पाहुनाहरुको स्वागत सत्कारमासमेत छिटो छरितो तयार गरी खाजाको रुपमा प्रयोग गर्ने चलन रहेको छ।

तपाईको प्रतिक्रिया