जनप्रतिनिधिको सुविधा कटाएर भूकम्प पीडितलाई सहयोग

तानसेन। रैनादेवी छहरा गाउँपालिकाका जनप्रतिनिधिले जाजरकोट र रुकुम पूर्वका भूकम्प पीडितलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले भूकम्प प्रभावितका लागि ३ लाख रुपैया बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

रैनादेवी छहराका जनप्रतिनिधिले भूकम्प प्रभावित क्षेत्रमा, राहत, उपचार, पुनस्थापनका र पुनःनिर्माणमा सहयोग गर्न उक्त रकम दिने निर्णय गरेका हुन् ।

गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराई र उपाध्यक्ष युवराज थापाले ५ दिनको सुविधा वडा अध्यक्षहरुले २ दिनको र अन्य वडा सदस्यहरुले १ दिन बराबरको सुविधा सहयोग गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

संकलन भएको राहत रकम नेपाल सरकारको प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषमार्फत सहयोग रकम जम्मा गरिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले बताए।

तपाईको प्रतिक्रिया