
काठमाडाैं। देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पश्चिमी वायुको आंशिक प्रभावले पहाडी क्षेत्रको मौसम बदली भएको छ ।
आज सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली भएको हो । उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली भू-भागमा तापक्रम घटिरहेकोले सतर्कता अपनाउन महाशाखाले सचते गराएको छ ।
शनिबार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै आइतबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा हिमपात हुने र सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने पूर्वानुमान महाशाखाले गरेकाे छ ।