तानसेन। पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पश्चिम पाल्पाको रैनादेवी छहरा २, सोमादी सर्देवामा सोमबार भएको टिपर दुर्घटनामा रिब्दीकोट गाउँपालिका १, ख्याहाका २४ वर्षीय शिरबहादुर पालुंगेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सर्देवास्थित सीजी कम्पनीभित्र एक ठाउँबाट अर्को ठाउँमा माटो लैजाने क्रममा भएको दुर्घटनामा च्यापिएर घाइते भएका पालुंगेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याउदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुगन्ध श्रेष्ठकाअनुसार सीजी कम्पनीको कम्पान्डभित्र लु १क ३१६१ नम्बरको टिपर अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको थियो ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

