काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार २ हजार ४०० रुपैयाँले घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १५ सय रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

