
तानसेन। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सिद्धबाबा सुरुङमार्गको निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । शनिबार सिद्धबाबा सुरुङमार्ग निर्माणस्थलको अवलोकन गर्दै मन्त्री ज्वालाले सुस्त भएको कामलाई तीव्रता दिन निर्देशन दिएका हुन् ।
उनले राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेरिएको तानसेन बुटवल खण्डको सिद्धबाबामा निर्माणाधीन सुरुङमार्ग निर्माणका लागि आवश्यक समन्यवका लागि मन्त्रालय तयार रहेको बताउँदै कमको गति बढाउन निर्देशन दिएका हुन् ।
सिद्धबाबा सुरुङ मार्गलाई ठूलो र महंगो आयोजनाका रुपमा लिइएको बताउँदै यसको काममा कुनै पनि लापरवाही नगर्न मन्त्री ज्वालाले निर्माण व्यवसायीलाई आग्रह गरे।
अहिलेसम्म ८।९ प्रतिशत मात्रै काम भएको सन्र्दभमा कामको रफ्तार बढाउनका मन्त्री ज्वालाले स्थलगत निरीक्षण गरेको बताए । सरकारका तर्फबाट समस्या समाधान गर्न तत्पर रहेको बताउँदै बाहना बनाएर काममा ढिलाई गर्न छुट नदिने पनि मन्त्री ज्वालाले सो बखत बताए ।
सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणको जिम्मा पाएको छ । एक किलोमिटर दुई सय २६ मिटरको सुरुङमार्ग निर्माण सुरु भएको हो।


तस्वीर केशन भण्डारी