रामपुर नगरपालिकाले वडाबाटै मालपोतको राजस्व संकलन

तानसेन। पाल्पाको रामपुर नगरपालिकाले वडा कार्यालयबाटै राजस्व संकलन सुरु गरेको छ । स्थानीयलाई मालपोत कार्यालयमा पुगेर घरजग्गाको राजस्व बुझाउन पुग्नुपर्ने सास्तीपूर्ण व्यवस्थाको अन्त्य गर्दै वडाबाट राजस्व संकलन सुरु भएको हो ।

नगर कार्यपालिकाको बैठकले निर्णय गरेर वडाबाटै राजस्व संकलन सुरु गरेको हो। गत मंसिर महिनादेखि यसरी राजस्व संकलन सुरु गरिएको छ । मालपोत कार्यालयदेखि टाढा बसोबास गर्ने स्थानीयलाई एक दिनको समय खर्चेर राजस्व तिर्न जानुपर्ने समस्या समाधानका लागि वडा कार्यालयहरुमा सफ्टवेर जडान गरी कम्प्युटरबाट राजस्व काट्ने गरिएको हुँदा भुक्तानीका लागि पनि सहज बनाइएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए।

वडाबाट हुने विभिन्न सिफारिस र घटनादर्ताको मात्रै राजस्व सङ्कलन गरिरहेको वडा कार्यालयले अहिले मालपोतको राजस्व पनि सङ्कलन गर्न थालेपछि सेवा प्रभावकारी बनेको सेवाग्राहीले बताएका छन् ।

नगरपालिकाको कार्यालय, मालपोत कार्यालयबाट दिइने सेवा वडा कार्यालयबाट दिने व्यवस्था गरेको छ । साथै ज्येष्ठ नागरिकलाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता बैंकको पहुँचदेखि टाढा रहेका वडाबाट वितरण सुरु गरेको जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको