फेकको नयाँ स्वास्थ्य चौकी भवनबाट सेवा सुभारम्भ

तानसेन । रिब्दीकोट गाउँपालिका वडा नं. ८ फेकका स्थानीयले सहज तरिकाले स्वास्थ्य सेवा पाउन थालेका छन् । पालिकामै विकट मानिने यो वडाका विभिन्न गाउँका स्थानीयलाई विगतमा स्वास्थ्य सेवा लिनका लागि समस्या हुँदै आएकोमा हालै सुविधा सम्पन्न भवन बसेपछि सेवा लिन सहज भएको हो ।

भौगोलिक हिसाबले सबैभन्दा ठुलो मानिने यो वडामा स्वास्थ्य निर्माण भई सेवा समेत सुचारु भएको छ । जस्ले गर्दा स्थानीयले गाउँठाउँमै सेवा लिन सकेका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणको एक करोड ३६ लाख बराबारको आर्थिक सहयोगमा निर्माण भएको भवनको एक कार्यक्रमका बीच समुद्घाट गरिएको छ ।

नवनिर्मित भवनको समुद्घाटन गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती (बसन्त)ले नागरिकले स्वास्थ्य सेवा पाउने अधिकार संवैधानिक भएको र यसका लागि तीनै तहको सरकारले सहकार्य गर्नुपर्ने बताए। उनले स्वास्थ्य क्षेत्र मात्र नभएर सबैखाले विकास निर्माणमा तीनै तहको सहकार्य भएमा मात्रै संविधानले परिकल्पना गरेको संघीय शासन व्यवस्थाले पूर्णता पाउने उल्लेख गरे।

यसअघिको सरकारले सुरु गरेको कामलाई अहिलेको सरकारले निरन्तरता दिएर सेवा विस्तार गरेकोमा रिब्दीकोट सरकारलाई सभामुख घर्तीले धन्यवाद दिए । सभामुख घर्तीले आफू सोही क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि भएकोले अन्य विकास निर्माण र नागरिकका दुःख सुखमा संगै रहने प्रतिबद्धता सो बखत व्यक्त गरे।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले नागरिकको स्वास्थ्य सेवा गर्नु सरकारको जिम्मेवारी रहेको बताउादै यसका लागि स्थानीय सरकारलाई धन्यवाद दिए। आफू नीति बनाउने स्थानमा रहेको हुँदा स्वास्थ्यबाहेक अन्य जंगली जनावरले पुर्याएको आतंक नियन्त्रण तथा काठपात काट्नका लागि बन्देज रहेका ऐनहरु संसोधन गर्न आफूले पहल गर्ने सासंद गैरेले बताए ।

कार्यक्रममा संविधानसभा सदस्य लीला सोमै, प्रदेश सभा सदस्य बीरबहादुर राना, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, गाउँपालिकाका निवर्तमान अध्यक्ष नारायणबहादुर जिसीलगायतले राष्ट्रिय पुननिर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पहल गरेर गाउँका युवाले सहज रुपमा सेवा लिन पाएकोमा धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य चौकी निमार्णका लागि जग्गा प्रदान गर्ने जग्गादाता, भवन निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने स्थानीयलाई सम्मानपत्रसहित दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले गाउँपालिकाको सबैभन्दा पछाडि परेको वडा मानिने फेकमा आफूहरले प्राथमिकतामा राखेर विकास निमाण र नागरिकको जीवनस्तर उकास्न पहल गर्दै आएको बताए।

कार्यक्रमा स्थानीयले बाजागाजासहित सास्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए । वडा नं. ८ का अध्यक्ष चुराबहादर छहरीको स्वागतबाट सुरु भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कान्ता अधिकारीको धन्यवाद तथा प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालको सन्चालनमा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया