
तानसेन। रिब्दीकोट गाउँपालिकामा गाउँसभाको १४ औं अधिवेशन सुरु भएको छ । बुधबार सुरु भएको सभामा पहिलो बैठक सम्पन्न भएको छ । बैठकमा रिब्दीकोट सभाका सदस्य दान बहादुर कुवंरले वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० सभामा पेश गरेका छन् ।
उक्त विधेयक छलफलका लागि सभामा पेश गरिएको छ । बैठकमा पेश गरिएको विधेयकमा आवश्यक छलफल गरी निर्णय गरिने सभाका सभाध्यक्षसमेत रहेका गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिए ।
सभाको पहिलो बैठकलाई सभाका सदस्य सोमबहादुर कार्की, सभाका सदस्य एंव गाउँपालिका प्रवक्ता प्रकाश रायमाझी, सभाका सदस्यहरु चिरञ्जीवी पोखरेल, ओमप्रसाद पोखरेलले आफ्नो भनाइ गरेका थिए ।
यस्तै सभामा शुन्य समयमा सदस्यहरु पवन कुवंर राजेन्द्र नेपाल र दुर्गा ढकाललगायतले आफ्ना भनाई राखेका थिए ।