रामपुरलाई तरकारीमा आत्मर्निभर बनाउन करिब सात लाखको बीउ वितरण

तानसेन। पाल्पाको रामपुर नगरपालिकाले कृषिबाट नागरिकको जीनवस्तर उकास्न तरकारीको बीउ वितरण गरेको छ । नगरपालिकाले कृषक तथा कृषि समूहलाई ५० प्रतिशत अनुदानमा हिउँदे तरकारी अन्तरगतका बीउ वितरण गरेको हो ।

बीउ वितरण गरेर नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार अनुदान प्रदान गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए। सकेसम्म व्यवसायीक कृषक तयार गर्न र नसके आफूलाई आवश्यक तरकारी आफै उत्पादन गर्नसक्ने बनाउनका लागि अनुदानको कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको चालु आर्थिक वर्ष २०८०।८१ को स्वीकृत तेलहन तथा तरकारीको बीउ कार्यक्रमबाट छ लाख ९७ हजार ३ सय ३२ रुपैयाँ बराबरको काँक्रा, लौका , घिँरौला , तिते करेला, टमाटर, भिण्डी, टनेबोडी , घ्यू सिमी जातका तरकारीको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले जानकारी दिए। एक सय ५४ जना कृषक तथा कृषि समूहलाई बीउ वितरण गर्ने लक्ष्य नगरपाकिाको छ ।

नगरपालिकाले कृषकले उत्पादन गरेका उपजको आधारमा मूल्यांकन गरेर विभिन्न अनुदानका कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको