बगनासकालीमा ‘इफ्टी’ प्रणालीबाट भत्ता विवरण

तानसेन। पाल्पाको बगनासकाली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफ्टी’मार्फत वितरण गर्न सुरु गरेको छ । सेवालाई प्रभावकारी र प्रविधिमैत्री बनाउनका लागि चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि ‘इएफ्टी’मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

‘इएफ्टी’ सेवा सुरु भएपछि लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम सिधै बैङ्क खातामा पठाइएको पञ्जीकरण शाखाका प्रमुख भोजराज भट्टराईले जानकारी दिए।

यो प्रणालीका लागि सम्झौता गरिएको नेपाल बैंकको खातामा सम्बन्धित लाभग्राहीको रकम पठाइएको भट्टराईले बताए। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा गाउँपालिकाले तीन हजार १५५ लाभग्राहीलाई जम्मा तीन करोड १२ लाख ६८ हजार बयानब्बे रुपियाँ ‘इएफ्टी प्रणालीमार्फत वितरण गरेको हो ।

दोस्रो त्रैमासिकमा गाउँपालिकामा ज्येष्ठ नागरिक ६८ वर्षमाथि एक हजार ९२० जना, ज्येष्ठ नागरिक दलित १३७, ज्येष्ठ नागरिक एकल २९७ जना छन् । यसैगरी विधवा आर्थिक सहायता ४२४ जना, पूर्ण अपाङ्गतातर्फ ४७, ख वर्ग आर्थिक सहायता १०८ र दलित बालपोषणतर्फ २२२ जना रहेको पालिकाले जनाएको छ ।

‘इएफ्टी’मार्फत लाभग्राहीले प्रविधिमैत्री, छिटोछरितो र सहज सेवा पाउने पालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले जानकारी दिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको