तानसेन। रामपुर नगरपालिकाको नगर सभा तथा १४ औँ अधिवेशन सम्पन्न भएको छ । स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन सर्वसम्मत रुपमा पारित गर्दै नगर सभा सकिएको हो ।

सभाले विभिन्न योजनाको बजेट रकमान्तर र शिर्षकान्तर, ऐन तथा कार्यविधि पारित एवं विभिन्न समिति पुनगठन पनि गरेको छ । सभाले वडा तथा नगरस्तरीय ६३ वटा योजनाको रकमान्तर तथा शिर्षकान्तर गरेको छ ।

रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले प्रस्तुत गरेको बजेट रकमान्तर र शिर्षकान्तर सभाले सर्वसम्मत रुपमा पारित गरेको हो । यस्तै न्यायीक समितिको कार्यविधि सम्बन्धी ऐन २०७५ संशोधनसहित पारित गरेको छ ।

सभाका सदस्य तथा विधेयक समिति सदस्य दिनेश आचार्यले प्रस्तुत गरेको स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन र न्यायीक समितिको कार्यविधि संशोधनसहित सर्वसम्मत रुपमा पारित गरेको हो । यस्तै लेखा समिति संयोजक दामोदर पाठकले सभामा वेरुजु संपरिक्षण प्रतिवेदन पारित गरेको रामपुर नगरपालिकाका नगर प्रवक्ता कपिल बहादुर खाँणले बताए।

अधिवेशनले विभिन्न समिति सर्वसम्मत रुपमा चयन गरेको छ । सभाले तेज बहादुर रानाको संयोजकत्वमा ५ सदस्यिय लेखा समिति गठन गरेको छ । जसको सदस्यमा मदन खाँण ठकुरी ,हरिनाथ ढुंगाना , कमला देवि रुचाल र नरेन्द्र कुमार जर्घालाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

यस्तै मिन बहादुर सिंजालीको संयोजकत्वमा विधायन समिति गठन गरेको छ । सदस्यमा विष्णुमाया गैह्रे , मोहमद अजिम शेख , सुमित्रा वर्मेली सार्की , र नारायण चन्द ठकुरीलाई चयन गरेको छ । यसैगरी मोहन सिं रानाको संयोजकत्वमा अनुगमन तथा सुशासन समिति गठन गरेको छ । जसको सदस्यमा युवराज शाही , थममाया नेपाली दर्जी , मिठ्ठुमाया सुनार र गोप बहादुर रानालाई सर्वसम्मत चयन गरेको छ ।

सभामा पेश भएको बजेट रकमान्तर शिर्षकान्तरको विषयमा बोल्दै नगर प्रवक्ता कपिल बहादुर खाँणले विद्यालयको अनुगमनको शिर्षक प्रष्ट उल्लेखसहित संशोधन माग गरे। यस्तै सबै शिर्षकान्तर भएका योजनाको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको सदस्य खाणँले बताए । सभामा उठेका प्रश्न र प्रस्ताव बारे प्रष्ट पार्दै सभाध्यक्ष एवं नगर प्रमुख रमण बहादुर थापाले हरेक योजना तथा ऐन कार्यान्वन गर्दा विधि संवत रुपमा गर्ने प्रतिबद्धता व्यक्त गरे।

नगरको समुचित विकास र समृद्धिका लागि बजेटको कार्यान्वयन र पारदर्शीतामा सबैले ध्यान दिन आवश्यक रहेको सभाध्यक्ष थापाले बताए । सभाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले नगर सभाको आब्ह्वान पत्र बारे जानकारी गराए।

नगर सभा सदस्य तथा वडा नं. १० का अध्यक्ष तोयानाथ सारु थापा र कार्यापालिका सदस्य दुर्गा देवी भण्डारी गौतमले सभामा आफ्नो भनाइ राखेका थिए ।

तपाईको प्रतिक्रिया